झापा, असार २० । लागूऔषध गाँजासहित ४ जना झापाको कन्काई नगरपालिकामा पक्राउ परेका छन् ।

गएराति ११.५० बजे कनकाई नगरपालिका वडा नं. ८ त्रिवेणी टोलमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले प्लाष्टिकभित्र कागजमा पोका पारिएको ११ पोका गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका वडा नं ८ बस्ने ५० वर्षीया सोम मगर, कमल गाउँपालिका वडा नं. १ बस्ने २२ वर्षीय रुपेश हस्दा, सोही गाउँपालिका वडा नं. २ बस्ने २२ वर्षीय राम सोरेन र सुनसरी बर्जु वडा नं. २ घर भई हाल कनकाई वडा नं. ७ स्थित कालिका कन्स्ट्रक्सनमा काम गर्ने १९ वर्षीय श्रीराम कामत रहेका छन् । उनीहरुको साथबाट प्लास्टिक र कागजसहित १०२ ग्राम ६६० मिलिग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्