झापा, असार २१ । झापाको बिर्तामोड ३ मा रहेको ऐतिहासिक विराट पोखरीमा बृक्षारोपण गरिएको छ ।

सिद्धार्थ बैंकको सहयोग तथा बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयको समन्वयमा ३ सयवटा फूलका बिरुवा रोपिएको हो ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाईं , बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी , वडा सदस्य हरि बास्कोटा , नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुबास भट्टराई , बिर्ताबजार बजार व्यवस्थापन समितिका तुलसी ढकाल , प्रहरी चौकी बिर्ताबजारका अध्यक्ष बिरन कोइराला , स्थानीय समाजसेवीहरु रामेश्वर मण्डल , खगेन्द्र संग्रौलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्