झापा , असार २१ । झापाको मेचीनगरमा सिटी रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ९ः३० बजे मेचीनगर वडा न.१० ढाटचोकस्थित भित्री सडक खण्डमा महामति फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्र.१ –०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा सिटी चालक मेचीनगर –११ बस्ने ३२ वर्षीय राज कडरिया घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा उपचारको क्रममा १०ः५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सिटीमा कडरयिाबाहेक अरु सवार थिएनन् ।