झापा,असार २१ । कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को अन्त्येष्टि गरिएको छ ।

श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
त्यसअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो । केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको थियो।
श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्। पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन्।
लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा ‘लक्का जवान’ फिल्ममा पनि अभिनय गरेकी थिइन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।