झापा , असार २१ । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी ३ बजे भद्रपुर वडा न.३ देउनिया खोला र मेची खोलाको दोभानमा डुबेर बालकको मृत्यु भएको हो । भद्रपुर वडा नं २ महारानी चोक बस्ने अर्जुन लिम्बूका छोरा अन्दाजी १२ वर्षका अर्पण लिम्बू साथीहरुसंग त्यहाँ पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किचकवधबाट खटिएको प्रहरी टोलीले स्थानीयहरुको सहयोगमा खोजतलास गर्ने क्रममा सोही स्थानमा अर्पणलाई मृत फेला पारेको हो ।

थप अनुसन्धान तथा कानुन प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालयबाट अधिकृतसहितको टोली गएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्