झापा, असार २२ । नेकपा माओवादी केन्द्रको जातीय संगठन कोचिला राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा ममता ताजपुरिया राजवंशी चयन भएकी छन् ।

शनिबार दमकमा सम्पन्न दोस्रो अधिवेशनबाट ममता अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । उनी यसअघि अधिवेशन संयोजक रहेकी थिइन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र राजवंशी, उपाध्यक्षमा सुलोचना राजबंशी, तारा ओझा राजवंशी, आसिराम राजवंशी, महासचिवमा पुकारचन्द्र सिंह राजवंशी, उपमहासचिवमा मनोजकुमार राजवंशी, अत्यानन्द राजवंशी, प्रल्हाद चन्द्रवंशी र कोषाध्यक्षमा हिरा राजवंशीसहित ६५ सदस्यीय समिति चयन भएको हो ।
त्यसैगरी इन्चार्जमा पुर्णप्रसाद राजवंशी, सह–इन्चार्जमा कृतिकुमार राजवंशी, रणकुमार राजवंशीलाई जिम्मेवारी दिइएको निर्वाचन समितिका संयोजक बिश्वनाथ राजवंशीले जानकारी दिए ।
नयाँ समितिलाई प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले (समर)ले शुभकामनासहित बधाई दिएका थिए । त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा १ नं प्रदेश फ्याक्सन इन्चार्ज सुरेस राई (हिमाल), केन्द्रीय सदस्य अजम्वर काम्बाङ राई, झलकसिंह दर्लामी मगर (सन्देश), केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रन्जित तामाङ, केन्द्रीय सदस्य कुशल लिम्बू, प्रदेश सचिव गणेश उप्रेती सुशिल, झापा सचिव मोहन टुडुलगायतका नेताहरूले बधाई तथा शुभकामना दिएका थिए ।
अध्यक्ष मण्डलका अध्यक्ष पूर्णप्रसाद राजवंशीको अध्यक्षतामा भएको बन्दसत्रको संचालन निर्वाचन समितिका संयोजक विश्वनाथ राजवंशीले गरेका थिए । गत जेठ ३१ गते झापाको दमकमा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन उद्घाटन गरेका थिए ।