झापा , असार २२ । उदयपुरको कटारीमा जेसीबी पल्टिँदा जेसीबी चालकका छोराको किचेर मृत्यु भएको छ ।

हिजो साँझ ७ः५५ बजे कटारी –८ दमारस्थित सिद्धिचरण लोकमार्गमा को १ क २७९५ नम्वरको जेसीबी आफै अनियन्त्रित भई सडक छेउबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जेसीबी चालक कटारी–१० सोरुङ सल्ले बस्ने खड्गबहादुर श्रेष्ठका छोरा २२ वर्षीय नवीन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।सोही जेसीबीको चक्काले उनको ढाडमा किचेको थियो । गएराति १२ः२५ बजे घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कटारी पठाइएको प्रहरीले जनाएको छ ।