झापा, असार २३ । मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गर्ने दुईजना भोजपुरमा पक्राउ परेका छन् ।

आज बिहानको राति १ बजे २१ वर्षीया महिलालाई पौवादुङमा– ३ तुसारे जंगलमा जबरजस्ती करणी गर्ने दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा पौवादुङमा ३ बस्ने २३ वर्षीय रोशन बिक र सोही ठाउँ बस्ने २२ वर्षीय दिपेश राई रहेका छन् ।रामप्रसादराई ८ बासिखोरा घर भई पौवादुङमा ३ च्याङग्रेमा मावली घरमा आई ती महिला बसेकी थिइन् ।

पीडित महिलाले प्रहरी चौकी च्याङग्रेमा आई जानकारी गराउनासाथ ती दुवैलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । ती महिला सामान्य घाइते भएकी छन् । उनको दाहिने घुँडामा चोट लागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्