बिर्तामोड, असार २३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको आयोजनामा बिर्तामोड १० सैनिकबजारस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

शैक्षिक सामग्रीको रुपमा विद्यार्थीहरुलाई कपि र पेन्सिल बितरण गरिएको हो । क्लबका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षता तथा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जनसम्पर्क अधिकारी सत्यनारायण शर्मा ,जोन चेयर पर्सन शर्मिला जोशी ,एम्बासेडर अफ गभर्नर घनश्याम चौधरी ,डिस्ट्रिक चिफ मनोज बानियाँ ,पूर्व अध्यक्ष रामेश्वर दुबेदी , विद्यालयका प्रधानाध्यापक जयकुमार झा, क्लबका पदाधिकारी एवं सदस्य,विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रधानाध्यापक झाले स्कुलको गतिविधिका बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष गुप्ता र जनसम्पर्क अधिकारी शर्माले क्लबको बारेमा जानकारी दिँदै विद्यालय र विद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए । कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक सरस्वती दाहाल खतिवडाले गरेकी थिइन् ।