झापा, असार २४ । ताप्लेजुङको सिदिङवा धाममा सृङ्ग ऋषिको मूर्ति तोडफोड भएको छ ।

हिजो साँझ ताप्लेजुङ सिदिङवा– २ सादेवास्थित सिदिङवा धाममा रहेको सृङ्ग ऋषिको मूर्ति तोडफोड भएको हो । अज्ञात समूहले मन्दिरबाट अन्दाजी २० मिटर तल लगेर मूर्ति तोडफोड गरिएको अवस्थामा स्थानीयवासीले फेला पारी पुनः सोही मन्दिरमा ल्याई राखेका छन् ।

करिव एक महिनाअघि सिदिङवा धाममा सृङ्ग ऋषिको मूर्ति अनावरण गरिएको थियो । सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राईले व्यक्तिगत लगानीमा सिदिङ्वा धाममा राखेको सृङ्ग ऋषिको मूर्ति तोडफोड भएको हो  । सो घटनामा संलग्न व्यक्तिहरुको खोजी र पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्