झापा, असार २४ । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले मेचीनगरमा घर भत्काएर क्षति पुर्याएको छ ।

आज बिहानको राति ३ बजे मेचीनगर ४ मनकामना टोल बस्ने सुबर्णकुमार खड्काको भान्सा घर एउटा जंगली हात्तीले भत्काएको हो । भान्सा घर भत्काई भान्सा घरमा रहेको खाद्यान्न, अन्य सर–सामान गरी अन्दाजी ५० हजारबराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्