झापा, असार २४ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत कामको भुक्तानी नपाएको भन्दै ओखलढुङ्गाको मोलुङ गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।

कार्यालयका सबै कर्मचारीहरुलाई बाहिर निकाली वडा नम्बर १ का वडा अध्यक्ष कमल बानिया, ३ का वडा अध्यक्ष मित्रबहादुर सुनुवार, ४ का वडा अध्यक्ष भोलाराज राई, ५ का वडा अध्यक्ष गंगाबहादुर तामाङ र ६ का वडा अध्यक्ष कमल तामाङले गाउँपालिकाको प्रवेश गर्ने मुख्य ढोकामा तालाबन्दी गरेका हुन् ।
उनीहरुले कार्यालयको विद्युत प्रवाह बन्द गरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत कामको भुक्तानी माग गर्दै श्रमिकसंगै वडाध्यक्षहरु आन्दोलित रहेका छन् ।