झापा, असार २५ । वर्षासंगै परेको चट्याङले लागेर घाइते भएका ताप्लेजुङ सदिङ्वा – ३ थुङरुङ्वा बस्ने ३५ वर्षीय राजकुमार लिम्बू (देवान) को मृत्यु भएको छ ।

हिजो साँझ ५;३० बजे आफ्नै घरमा बसिरहेको अबस्थामा पानीसंगै परेको चट्याङले लागेर उनी घाइते भएका थिए ।घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा साब्लाखु स्वास्थ्य चौकीमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।

त्यस्तै सोही पालिकाको वडा नं ५ लिम्बुदिन बस्ने १७ वर्षिय मिसन लिम्बू पनि चट्याङले लागेर घाइते भएका छन् । मेघगर्जन सुरु भएसंगै घरमा बिजुली लाइनको एमसीपी झार्ने क्रममा लिम्बूलाई चट्याङ लागेको प्रहरीको भनाई छ । लिम्बूको अनुहार र जिउमा चोट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनको साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्