झापा, असार २८ । विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिन रिभोलुसन एजुकेशनले बिर्तामोडमा शाखा विस्तार गरेको छ ।

पूर्वका विद्यार्थीहरुलाई लक्षित गरी रिभोलुसनले पाँचौ शाखा बिर्तामोडमा खोलेको हो । सन् २०१४ सालमा काठमाण्डौंको महाराजगंज चक्रपथमा मुख्य कार्यालय स्थापना गरेको रिभोलुसनको काठमाण्डौंको बागबजार , धनगढी र बुटवलमा शाखा कार्यालय संचालित छ ।
नेपाल शैक्षिक परामर्श संघ(इक्यान) का निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले आज एक कार्यक्रमका बीच बिर्तामोड शाखाको उद्घाटन गरेका छन् । उनले रिभोलुसनलाई सानो गल्ती गर्ने रतिभर छुट नभएको भन्दै विद्यार्थी र अभिभावक सुरक्षित भए मात्र शैक्षिक परामर्शदाता सुरक्षित रहने बताए । उनले विदेश अध्ययनमा गएका आफ्ना छोराछोरीलाई अभिभावकहरुले कामको बारेमा मात्र नसोधेर त्यहाँको शिक्षा र स्वास्थ्यका बारेमा सोधीखोजी गरिदिन आग्रह गरे ।

रिभोलुसन एजुकेशनका प्रवन्ध निर्देशक आशिष रायमाझी इक्यानका केन्द्रीय सदस्य हुन् । रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले शुभकामना मन्तव्य राखेका थिए । कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनिल खड्काले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउबाको क्यारिकेचर गरेको कार्यक्रमको संचालन रिभोलुसन बिर्तामोड शाखाका सिइओ सन्दीप ओलीले गरेका थिए । रिभोलुसनले अष्ट्रेलिया, अमेरिका , युके र क्यानडा पठाउने गरेको छ ।