झापा, असार २८ । झापा हल्दिवारीका एक व्यक्ति आफ्नै घरमा मृत फेला परेका छन् ।

आज बिहान ६.३० बजे हल्दिबारी वडा न. ३ गौरीगाउँ बस्ने ५४ वर्षीय सुरेन्द्र बन आफ्नै एक तले पक्की घरको बरण्डामा रहेको कोठामा उत्तानो अबस्थामा मृत फेला परेका हुन् । उनी मृत फेला परेको कोठाको ढोका खुला रहेको थियो । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जलथलबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर दुलालको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।
अन्य थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा टोली खटिएको छ । शंकास्पद मृत्यु भनिएपनि मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।