झापा , असार २९ । सडेर किरा परेको अबस्थामा मोरङको बुढीगंगा गाउँपालिका ६ घेराबनीस्थित नहरको किनारामा रहेको झाडीमा महिलाको शव फेला परेको छ ।

हिजो दिउँसो ४.३० बजे झाडीमा अन्दाजी ३० वर्षको जस्तो देखिने नामथर वतन नखुलेकी महिलाको शव सडेको अबस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरीया, प्रहरी नायव उपरीक्षक हस्तबहादुर सुनारको कमाण्डमा टोली थप अनुसन्धानको लागि घटनास्थल गएको थियो । उक्त शवको कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको प्रहरीले जनाएको छ ।