झापा, असार ३० । मध्यरातमा सुनसरीमा गोली हानी एक युवतीको हत्या भएको छ ।

राति १ः३० बजे सुनसरीको हरिनगर गाउँपालिका –६ बस्ने ४० वर्षीय गफार मियाकी छोरी १८ वर्षीया अर्सी खातुनलाई घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको हो । उनका भिनाजु भारतको अररिया जिल्ला पत्रा ग्रामपञ्चायत बस्ने २७ वर्षीय अजाद मियाले कन्चटमा गोली हानी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।