झापा, असार ३० । झापाको दमकमा स्कुटरको ठक्करबाट एक पैदलयात्री वृद्ध गंभीर घाइते भएका छन् ।

गएराति ८ः३० बजे दमक –१० जहदा टोलस्थित भित्री सडकखण्डमा मे.७ प.३७८९ नम्बरको स्कुटरले पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीय देबबहादुर श्रेष्ठलाई ठक्कर दिएको हो । दुर्घटनामा श्रेष्ठको दाहिने हात भाँच्चिएको छ भने टाउको, दुबै खुट्टा र अनुहारमा चोट लागेको छ । बोल्न नसक्ने गम्भीर घाइते श्रेष्ठलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर रेफर गरिएको छ ।

स्कुटर चालक तेह्रथुम म्याङलुङ घर भई हाल दमक –१० बस्ने थुमनारायण खापुङका छोरा १६ वर्षीय अर्चन खापुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्