झापा , असार ३१ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै झापाका पाँच वटा सहकारी संस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।

आज बिर्तामोडमा आयोजित कार्यक्रममा सहारा नेपाल साकोस , कर्णाली साकोस , नेपाल बहुउद्देश्यीय सहकारी संस्था , सतासी बहुउद्देश्यीय सहकारी संस्था र पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्थाले सहारा नेपालका कर्मचारीहरुमाथि भएको अभद्र व्यवहारको डटेर सामना गर्ने भन्दै ऐक्यवद्धता जनाएका हुन् । प्रदेश रजिष्ट्रार कार्यालयका रजिष्ट्रार हरिबहादुर खत्रीको विदाई कार्यक्रममा सहभागीहरुले सहारा नेपालका कर्मचारीहरुमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका थिए ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहारा नेपालका उपाध्यक्ष ज्ञानुनाथ मैनालीले गरेका थिए भने धन्यवाद ज्ञापन सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले गरेका थिए । कर्णाली साकोसका सचिव भुपाल बस्नेतले स्वागत गरेको कार्यक्रममा प्रदेश रजिष्ट्रार कार्यालयका वरिष्ठ अधिकृत मनोजकुमार कार्कीले प्रशिक्षण दिएका थिए ।