झापा, साउन १ । झापाको दमक ६ स्थित भृकुटी चोकमा रहेको सेवारो होटल एन्ड सेकुवा कर्नरमा आगलागी हुँदा अन्दाजी १३ लाख बराबरको क्षति भएको छ ।

आज बिहान ११.३० बजे दिलमाया लावतीले सञ्चालन गर्दै आएको सो होटलमा ग्यास पाइप लिक भएर आगलागी भएको हो । आगलागीबाट होटल , फ्रिज , इन्भर्टर , खाद्यान्न , लत्ताकपडालगायत गरी अन्दाजी १३ लाख बराबरको क्षति भएको दमक प्रहरीले जनाएको छ । आगलागीबाट सोही स्थानमा रहेको ज्ञानु रिजालको दुई तले पक्की घरको पछाडी पट्टीको झ्यालको सीसा–७ वटा र घरभित्र रहेको लत्ताकपडा जल्दा अन्दाजी एक लाख पचास हजार बराबरको क्षति भएको छ ।

दमक नगरपालिका , उर्लाबारी नगरपालिका र कमल गाउँपालिकाको दमकल , प्रहरी , नगर प्रहरी र स्थानीयको सहयोगमा दिउँसो १२.३० बजे आगो नियन्त्रणमा आएको छ ।