झापा, साउन ३ । अरिङगालले टोकेर दमकमा दुईजना बालक घाइते भएका छन् ।

हिजो बिहान अन्दाजी १०बजे दमक २ संगम चोक बस्ने बिन्दीया राईका छोरा ६ वर्षीय समिर राई र मोरङ उर्लाबारी १ बस्ने धनकुमार तामाङका छोरा १० वर्षीय छेवाङ तामाङ लुकामारी खेल्दै जाने क्रममा दमक २ बस्ने प्रकाश आङदम्बेको पुरानो दुई तले काठको खाली घरभित्र पसी सोही घरमा रहेको अरिङगालको घारलाई चलाउने क्रममा अरिङगालले दुबै जनालाई टोकी घाइते बनाएको हो ।
अरिङगालले टोकेर टाउको, शरीरको बिभिन्न भागमा सुन्निएको छ । दुवै बालकको खरखरे आम्दा अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।