झापा, साउन ४ । भारतबाट लागूऔषध बिक्री गर्न झापाको दमक आएका एक भारतीय कारोबारी ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

आज दिउँसो ३.४५ बजे दमक ५ स्थित मेची स्टोर अगाडी सडकमा शंकास्पद अबस्थामा हिडिरहेका भारत विहार राज्य कटिहार जिल्ला बस्ने २८ वर्षीय सुरजकुमार साहलाई ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनको साथबाट प्लाष्टिकबाहेक ४२ ग्राम १७ मिलिग्राम ब्राउनसुगर , विभिन्न दरका नेपाली रुपैयाँ जम्मा ३७ हजार ९००, डिजिटल तराजु , मोवाईल र उनको परिचयपत्र खुल्ने कागजात फेला परेको थियो ।

सम्पूर्ण दशीका सामानहरु बरामद गरी साहलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा चेकजाँच गर्ने क्रममा उनले ब्यागभित्र प्लाष्टिकको बट्टामा लुकाई छिपाई राखेको ब्राउनसुगर फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्