झापा, साउन ५ । आज साउन महिनाको पहिलो सोमवार । विगतका वर्ष झै यस वर्ष पनि पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा भक्तालुहरुको भीड लागेको छ ।

बिहानैदेखि जल चढाउने भक्तालुहरुको भीड लागेको हो । गत असार ३० गतेको सोमवारदेखि साउने सोमबारको व्रत शुरु भएको छ । चन्द्रमानको पात्रो तिथिमा चल्ने अनुसार असार ३० देखि साउने सोमबार व्रत शुरु भएको हो ।
साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ।


