झापा, साउन ५ । झापाको मेचीनगरबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–३ दोकानडाँडाका ४३ वर्षीय हरिलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा न्यौपानेको घरमा गाँजा लुकाएर राखेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो । त्यस क्रममा उनको घरको बाथरुममा बोरा फेला परेको थियो ।
उक्त बोरालाई खोली हेर्दा १ केजी ५२८ ग्राम गाँजा फेला परेको थियो । गाँजासहित उनलाई नियन्त्रणमा लिई इप्रका काँकरभिट्टामा राखिएको छ ।