झापा, साउन १० । झापाको चारआली व्यारेकस्थित अरिदमन गणको २१ महिनासम्म कमाण्ड सम्हालेका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातलाई विदाई गरिएको छ ।

सैनिक मुख्यालय जंगीअड्डा काठमाण्डौ सरुवा भएका प्रमुख सेनानी बस्न्यातलाई हिजो साँझ गणमा आयोजित एक कार्यक्रमका बीच विदाई गरिएको हो । उनको ठाउँमा नेपाली सैनिक वार कलेज नगरकोटबाट प्रमुख सेनानी सरोज थापा आएका छन् । थापाले अरिदमन गणको १२ औं गणपतिको रुपमा कमाण्ड सम्हालेका हुन् ।

नयाँ गणपति थापा, २१ नं बाहिनीका सहायक बाहिनीपति महासेनानी ब्रजेश महर्जन , झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू , सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तुलाराम भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक उमेश पाण्डेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र जनप्रतिनिधिले प्रमुख सेनानी बस्न्यातलाई मायाको चिनो प्रदान गरी विदाई गरेका थिए ।

कार्यक्रममा विदाई भएर गएका प्रमुख सेनानी बस्न्यात र नवआगन्तुक प्रमुख सेनानी थापाको जीवनीबारे प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुती पनि रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्