एजेन्सी । भारत बिहारको बोधगयामा भियतनामबाट आएका यूट्यूबर्सले प्रहरीलाई हैरान पारेका छन् ।

विगत तीन महिनामा बोधगया थानामा केही यूट्यूबर्समाथि तीनवटा एफआईआर दर्ता भएको छ । जुन भियतनामबाट आएका यूट्यूबर्सबीच भएको आपसी हिंसक झडपसंग सम्बन्धित रहेको छ । त्यस सम्बन्धमा गया प्रहरीले चार भियतनामी यूट्यूबरलाई पक्राउ गरेको छ ।

गत अप्रिलमा ले अन्ह तु नाम गरेका धार्मिक नेता बोधगया आएका थिए । जसको पछि पछि ती यूट्यूबर्स बिहार आएका हुन् । प्रहरीका अनुसार करीब ३० जनाको संख्यामा आएका ती यूट्यूबर्सको दुईवटा गुट रहेको छ । त्यसमा एउटा गुटले ले अन्ह तुलाई धार्मिक नेता मानेको छ भने अर्को गुटले उनलाई नक्कली भिक्षु भनेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्