झापा, साउन ११ । झापा गाउँपालिका १ स्थित सानो माई खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका १ सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आज बिहान सानो माई खोलामा डुबेको अबस्थामा मृत फेला परेका हुन् । उनी साउन ७ गते घरमा पालेको सुँगुरको लागि डोको लिएर पिँडालुको बोट काट्न निस्किएका थिए ।

घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान ९ बजे मृतकका भान्जा बुद्धराज राईले शव फेला पारेका थिए । डोकोदेखि करिव ५० मिटर टाढा भुजेलको शव फेला परेको हो । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्