झापा,साउन ११ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् ।


सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गर्ने भनी पुगेका उनलाई निषेधित क्षेत्र भनी प्रहरीले नियन्त्रण लिएर माइतीघरमा ल्याइ छाडिदिएको थियो । उनी अहिले माइतीघर मण्डला पुगी सत्याग्रह सुरु गरेका छन् ।
खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ । बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग भट्टराईको छ । बाँस, बाँसबाट बनेका मान्द्रो लगायतका सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी लिएर खोटाङबाट साउन ४ गते काठमाडौँ गएका प्रमुख भट्टराईले आज बिहानबाट सत्याग्रह सुरु गरेका हन् ।
तीन दिनसम्म माइतीघर मण्डलामा भोक हड्ताल बस्ने प्रमुख भट्टराईको भनाइ छ । तीन दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भोक हड्तालमा बस्दा पनि माग सुनुवाइ नभए साउन १४ गते बिहान ९ बजेदेखि आमरण अनसन बस्ने उनको भनाइ छ ।
नगर प्रमुख भट्टराईको बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग छ । स्थानीय कच्चा पदार्थ प्रयोग गर्नेगरी सङ्घीय ऐन बनाउनका लागि पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा सङ्घीय सरकारले बेवास्ता गरेकाले प्रमुख भट्टराईले हड्तालमा उत्रिएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्