झापा, साउन ११ । झापाको मेचीनगर –१२ सहरेडाँगीमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आज साँझ ७.३० बजे मेचीनगर –१२ सहरेडाँगीस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको तत्काल नं. नखुलेको सेतो रंगको के कुन सवारी साधनले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
तत्काल नाम थर वतन नखुलेका अन्दाजी बर्ष ४५–४६ को पुरुष गम्भीर घाइते भएपछि उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका छन् ।
मृतकको शव सोही अस्पतालतमा रहेको छ। ठक्कर दिने सवारी साधन फरार रहेकोले खोजतलास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।