झापा, साउन १२ । झापा मेचीनगरको सहरेडाँगीमा ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो साँझ ७.३० बजे मेचीनगर –१२ सहरेडाँगीस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको मे. १ च. ६१३१ नम्बरको स्कोरपियोले एकजना पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो । सो स्कोरपियो र त्यसका चालक झापा हल्दिबारी –१ बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । उनको अझै पहिचान खुलेको छैन । मृतक नाम थर वतन नखुलेका अन्दाजी बर्ष ४५–४६ का पुरुष रहेका छन् । गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारको लागि बीएण्डसी अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी मागेर खाइहिड्ने व्यक्ति भएको बताइएको छ । उनको साथबाट सहयोगको अपिलसहितको सिफारिस पत्र , काँचो मासु, पाउरोटी र ११ हजार रुपैयाँ फेला परेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्