झापा, साउन १३ । झापाको बिर्तामोडमा आपसी विवाद हुँदा मार्बलले हानेर एक व्यक्ति घाइते भएका छन् ।

गएराति ८ः५५ बजे बिर्तामोड १ स्थित राजगढ स्टेण्डमा बिर्तामोड ४ बस्ने बर्ष ३२ का बिकी साह र सोही वडा बस्ने बर्ष २८ का टेकन भण्डारी र वडा नं. ५ बस्ने बर्ष २८ का रोहन भुसालबीच झगडा भएको थियो । त्यसक्रममा साहलाई भण्डारी र भुसालले मार्बल फुटाई प्रहार गर्दा उनको बायाँ कुममा चोट लागेको छ । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।

कुटपिटमा संलग्न दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । कुटपिटको कारण खुलिसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्