झापा, साउन १३ । ताप्लेजुङको फुङिलङमा आगलागी भएको छ ।

आज दिउँसो ३ः३० बजे फुङिलङ –२, हेलिप्याडस्थित सिँचाइ कार्यालयनजिकै काजी गुरुङको घरमा आशिष पालुङ्वाले संचालन गरेको ताप्लेजुङ बाइकर्स जोन ग्यारेजबाट ग्यास वल्डिङ गर्ने मेशिनबाट विद्युत सर्ट भएर एक्कासि आगलागी भएको हो । ग्यारेजबाट आगो सल्किन गई घर आंशिक रुपमा जलेर क्षति भएको छ ।

सो आगो फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा दिउँसो ४ बजे पूर्णरुपमा नियन्त्रणमा आएको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्