झापा, साउन १७ । झापाको बुद्धशान्तिमा गोलिया लोड भएको एउटा ट्रयाक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो साँझ ७ः३० बजे बुद्धशान्ति गाउँपालिका –६ गौडास्थित भित्री सडकखण्डमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्र. १–०१–००१ त ८५६० नम्बरको ट्रयाक्टरमा चिलाउने र सिमल जातको गोलिया लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला परेको थियो ।

शंका लागेर चेकजाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको हुँदा चालक मेचीनगर नगरपालिका ८ बस्ने ४४ वर्षीय रन्जित राजवंशी र उक्त गोलिया लोड भएको ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ । (बिना अनुमति समाचार कपी नगर्नुहोला , अन्यथा चोरेको समाचार स्क्रीनसट गरेर सामाजिक संजालमा हाल्ने छौं ।)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्