झापा, साउन १७ । करेन्ट लागेर झापाको भद्रपुरमा एउटा गाई मरेको छ ।

आज बिहान ११.३० बजे भद्रपुर –५ झिम्की चोकमा विद्युतको सहायक तारमा छुन पुग्दा पवित्रा यादवको गाई घटनास्थलमै मरेको हो । ट्रान्समिटरबाट भुइँमा गाडिएको सपोर्टिङ तारमा पानी परेर लाइन प्रवाह हुँदा गाईलाई लागेको बताइएको छ । केहीबेरअघि घटनास्थलमा प्रहरी टोली पुगेको जनाइएको छ ।