झापा, साउन १८ । झापामा भएका मोटरसाइकल दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

गएराति ८.५ बजे भद्रपुर वडा न. ४ झापा चोकमा आँपगाछीतर्फ जाँदै गरेको मे १० प १०३३ न.को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक भद्रपुर ३ ज्ञाने चोक बस्ने ५६ वर्षीय कबिर लिम्बू घाइते भएका छन् । घाइतेलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा लगिएको छ ।

त्यस्तै हिजो साँझ ७.३० बजे झापा गाउँपालिका –५ पन्थापाडास्थित भित्री सडकखण्डमा रुहिमारीबाट पन्थापाडातर्फ आउँदै गरेको मे ८ प ७४४७ न. को मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको साइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा साइकलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय अबुदर अली र मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय सेनाउल अली घाइते भएका छन् । दुवै घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएको छ ।

त्यस्तै गएराति ८ः३० बजे दमक ४ भाटभटेनीस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको को २० प ५२१० नम्बरको स्कुटीले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको आइसक्रीमको ठेलालाई ठक्कर दिएको छ । दुर्घटनामा ठेला चालक कमल गाउँपालिका १ बस्ने ३२ वर्षीया रिता खतिवडा घाइते भएकी छन् ।

स्कुटी चालक मोरङ उर्लाबारी ५ बस्ने ३१ वर्षीय किसन अटललाई केही नभएको तर सोही स्कुटी पछाडी सवार उनकी श्रीमती ३० वर्षीया आरती के.सी (अटल) घाइते भएकी छन् । दुबै घाइतेको निम्स अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्