झापा,साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे–एक भूइँमान्छे’को लोकार्पण गरेका छन् ।


मेचीनगरको काँकडभिट्टामा झनकप्रसाद–खिनमाया कट्टेल समाज कल्याण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा कृतिको लोकार्पण गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष लिङ्देनले ‘झनकबाजे’ जस्तो समाजमा उल्लेख्य योगदान पु¥याएका समाजसेवीको स्मृतिग्रन्थ प्रकाशन गरेर प्रतिष्ठानले प्रशंसनीय कार्य गरेको बताए । उनले स्व कट्टेलका छोराहरूले रु ५० लाखको अक्षयकोष स्थापना गरी प्रतिष्ठान शुभारम्भ गरेको जानकारी पनि दिए ।
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सांसद गोपाल तामाङ, कट्टेल समाजका अध्यक्ष चित्रदेव कट्टेल, मेचीनगरका पूर्वनगरप्रमुख विमल आचार्यलगायत वक्ताले झनकप्रसादको व्यक्तित्वको चर्चा गर्दै भावी पुस्तामाझ उनको योगदानलाई जीवन्त राख्न स्मृतिग्रन्थले मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्