झापा, साउन २१ । एशियन हाइवे निर्माणका क्रममा झापाको शिवसताक्षीस्थित भालु खोलामा बनाइएको डाइभर्सन भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान करिव ५.३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।
शिवसताक्षी १० स्थित भालु खोलामा ह्युमपाईप लगाई बनाइएको डाइभर्सन उक्त खोलामा आएको पानीले साईडको माटो कटान गरेको हो ।जसबाट बाटोमा सवारी आवतजावत पूर्णरुपमा अवरुद्ध भएको हो । बाटो सुचारू गराउनका लागि आवश्यक पहल भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
बाटो अवरुद्ध भएपछि दर्जनौ सवारी साधन र सयौ यात्रु अलपत्र परेका छन् ।सवारी साधनलाई बैकल्पिक बाटो हँुदै संचालन गरिएको बताइएको छ।




