झापा, साउन २१ । जंगली हात्तीले भद्रपुरमा घर भत्काएर क्षति गरेको छ ।

आज बिहान ८ः२० बजे भद्रपुर ४ साम्पाङ बस्ने आशबहादुर लिम्बुको ईटा र सिमेन्टले बनेको माथि जस्ताको छानो भएको एकतले घरमा एउटा जंगली हात्ती आई घरको दक्षिणपट्टिको पर्खाल भत्काएको हो ।

त्योसंगै कोठाभित्र रहेको ६ मन धान खाएर नष्ट गर्दा अन्दाजी १७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्