झापा, साउन २५ । तस्करहरुले लैजाँदै गरेको करिव ८ कि.वि.सखुवा काठ प्रहरीले बरामद गरेको छ ।

गएराति १ः३० बजे कन्काई नगरपालिका ४ को त्रिवेणी टोलमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको गस्ती टोलीले कोटीहोमबाट टेक्रा जाने बाटोको छेउ झाडीमा सो काठ बरामद गरेको हो ।

बरामद काठ इलाका प्रहरी कार्यालय सुरुङगामा राखिएको छ । सो काठ कसले ल्याएको हो भनेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्