झापा, साउन २५ । राष्ट्रिय युवा संघ नेपाल गौरीगञ्जको अध्यक्षमा मनोजकुमार दास निर्वाचित भएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल गौरीगञ्ज गाउँ कमिटीको तेस्रो गाउँ अधिबेशनबाट दास अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । गौरीगञ्ज बहुमुखी क्याम्पसको प्रांगणमा भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य , नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेकपा एमाले क्षेत्र न. ५ का इन्चार्ज दिपक कार्की रहेका थिए ।

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्र आङदम्वे ,युवा संघका झापा जिल्ला अध्यक्ष फुर्वा लामा , नेकपा एमाले गौरीगञ्ज गाउँ कमिटी इन्चार्ज बिद्यानन्द राजवंशी, नेकपा एमाले जिल्ला सदस्य केदार ढुंगेल , नेकपा एमाले गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष विष्णु न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।