झापा, साउन २६ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानका कमाण्डर दुरेन राई पक्राउ परेका छन् ।

प्रहरी वृत्त कालीमाटी काठमाण्डौको अपराध अनुसन्धान शाखामा परेको बैङ्किङ कसुर मुद्धामा कमल गाउँपालिका वडा नम्बर ४ बस्ने दुरेन राईलाई पक्राउ गरिएको हो । राईलाई पक्राउ गर्न २०८१ चैत १ गते काठमाडौ जिल्ला अदालतले अनुमति दिएको थियो । २०८१ चैत ६ गते सो सम्बन्धीको पत्र जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त भएको र खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको जनाइएको छ ।
नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक राई गत वर्षको असोज ६ गते पनि पक्राउ परेका थिए ।