झापा, साउन २६ । झापाको मेचीनगरमा बसले सिटी सफारीलाई ठक्कर दिँदा चारजना घाइते भएका छन् ।

आज दिउँसो ३;३० बजे मेचीनगर ८ आयावारीस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट धरानतर्फ आउँदै गरेको बा ५ ख ५४१८ नं. बसले इटाभट्टाबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र.१–०१–००१ ह ७४५१ नं. को सिटी सफारीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा सिटी चालक मेचीनगर ६ बस्ने ४४ वर्षीय गंगाबहादुर श्रेष्ठ , सिटीमा सवार सोही ठाउँ बस्ने ३३ वर्षीया सिता गिरी ,८० वर्षीय देवकुमार शाही र ७८ वर्षीय कृष्णकुमार ठकुरी शाही घाइते भएका छन् ।
घाइते सिटी चालकको मनिषा मेडिकल काँकरभिट्टा र अन्यको शिखर अस्पताल धुलावारीमा उपचार भइरहेको छ । बस ,बस चालक धरान १६ बस्ने ४२ वर्षीय विकास राई र सिटी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको छ ।