झापा, साउन २७ । झापाको बुद्धशान्तिमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

गएराति ८ः३० बजे बुद्धशान्ति गाउँपालिका –३ पेट्रोल पम्पस्थित मेची राजमार्गमा बुधबारेबाट चारआलीतर्फ आउँदै गरेको मे ३ प २९९७ नं. को मोटरसाइकलले पैदलयात्री स्थानीय ७९ वर्षीय टेकबहादुर बस्नेतलाई ठक्कर दिएको थियो । दुर्घटनामा पैदलयात्री बस्नेत र मोटरसाइकल चालक बुद्धशान्ति ३ बस्ने ३० वर्षीय सुरज भुजेलसमेत घाइते भएका छन् ।

दुबै जनालाई भगिरथा अस्पताल बुद्धशान्तिमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्