झापा,साउन २७ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाम्रो समाज धेरैजसो नकारात्मकतर्फ बढिरहेको बताए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
नेपालको अहिलेको सन्दर्भमा मिडिया, सामाजिक सञ्जालहरु लगायत हाम्रा अभिव्यक्तिहरु समेत हेर्दा हामी नकारात्मकतर्फ बढी आकर्षित भइरहेको देखिएको उनले बताए । यसको अर्थमा नकारात्मक मात्र भन्ने होइन हामी बढी मात्रमा कतातिर छौं भन्नेतर्फ सोच्ने बेला भएको र हाम्रो सोचलाई पनि बदल्ने बेला भएको उनले बताए ।
धरानको विकासका लागि सबै पाटीहरु एक भएर लाग्नुपर्ने र के कहाँ कसरी को चुकेको छ भनी मनन गरी अगाडि बढे धरानको विकास हुने मन्त्री कार्कीले बताए। धरानको सबैभन्दा ठुलो समस्या खानेपानी हो यसका लागि पनि सुरुङमार्गबाट पानि ल्याउन अध्ययन प्रक्रिया अगाडि बढिरहेको बताए । यो सफल भए धरानको खानेपानी समस्या हट्ने उनले बताए ।
दुई दलीय सरकारबाट गत वर्षभन्दा २५ प्रतिशतले राजस्व बढेको छ भने निर्यातमा गत वर्षको भन्दा ८३ प्रतिशतले वृद्धि भएको बताए । अहिलेको सरकारले मौद्रिक नीति ल्याउँदा पनि राम्रो र पहिलो पटक असारमा नै धेरै राम्रो मौद्रिक नीति आएको बताए । यस वर्ष नीति र बजेट दुवै राम्रो आएको छ । राम्रो नीति र बजेट मात्र आएर हुन्न कार्यान्वयन पक्ष पनि बलियो हुनुपर्ने बताए । “पहिला नीति र बजेट नै राम्रो थिएन अहिले दुवै राम्रो आएको छ अब कार्यान्वयन पनि राम्रो हुनुपर्छ” उनले बताए ।
कार्यक्रममा सङ्घको नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिँदै कोशी प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता मन्त्री कार्कीले दिएका छन् ।