झापा, साउन २७ । करेन्ट लागेर झापाको शिवसताक्षीमा एकजना गंभीर घाइते भएका छन् ।

मानसिक अबस्था ठीक नभएका बिर्तामोड ९ बस्ने ४८ वर्षीय होमनाथ सुबेदीलाई आफ्नो दाई शिबसताक्षी– ८ बिहानी टोल बस्ने हरि सुबेदीको घरमा करेन्ट लागेको हो । आज बिहान १०.३५ बजे होमनाथ आफ्ना दाई हरिको घरमा गएका थिए । उनी दाईको टिनको छानो भएको २ तले घरको धुरीमाथि चढेर हातमा काठको लाठी लिई अभद्र शब्द प्रयोग गरी टिनमा लाठीले हान्दा बिजुलीको तारलाई छुन गई करेन्ट लागेको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएको छ । उनको अबस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्