बिर्तामोड , साउन २८ । बिर्ता धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ५ ले असहाय बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

१२ औ स्थापना दिवसको अवसरमा संस्थाले अपांग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा –६ कप्तानबारीमा आश्रित १४ जना बालबालिकालाई खाद्यान्न सामग्री बितरण गरेको हो ।
अर्जुनधारा वडा न.६ का कार्यवाहक अध्यक्ष रमा निरौला काफ्लेको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष चन्द्रप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा १२ औ स्थापना दिवसको बारेमा संस्थाका सल्लाहकार समितिका सदस्य मदनकुमार गौतमले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिब पदमप्रसाद खड्काले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार उपसमिति, कर्मचारीलगायतको उपस्थिति रहेको संस्थाकी ब्यवस्थापक सृजना आचार्यले जानकारी दिएकी छन् ।