झापा, भदौ १ । झापाको मेचीनगरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

हिजो साँझ ७ः५५ बजे मेचीनगर– ७ मदन वस्ती वस्ने ५० वर्षीय विश्व राजवंशीको फुसको छानो र टाँटी बेरा भएको एकतले घरमा अचानक आगलागी भएको हो । आगलागीबाट घरको एउटा कोठा,कोठाभित्र रहेको अन्नपात,भाडाबर्तन ,लत्ताकपडा , आधा तोला सुनको मंगलसुत्र, चाँदी २ तोला, नगद ३५ हजार जलेर नष्ट हुँदा जम्मा २ लाख ३० हजार बराबरको क्षति भएको छ ।
अस्थायी प्रहरी पोस्ट इटाभट्टाबाट गएको टोली , मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा राति ८.४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।