झापा, भदौ १ । नेपाल विद्युत प्राधिकरणको ४० औं बार्षिकोत्सवको अवसरमा अनारमनी वितरण केन्द्रका सुपरभाइजर दिपेश भण्डारीसहित तीनजना दीर्घसेवा पदक सम्मानबाट सम्मानित भएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ऊर्जामन्त्री दिपक खड्काले अनारमनी वितरण केन्द्रका सुपरभाइजर दिपेश भण्डारीसहित फोरमेनहरु ढकबहादुर कार्की र राजु न्यौपानेलाई सो सम्मान प्रदान गरेका हुन् ।

विद्युत प्राधिकरणमा कार्यरत देशभरिका करीब ४०० जनाले यसपटक दीर्घ सेवा पदक प्राप्त गरेका छन् । प्राधिकरणले २० बर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई यस्तो पदकबाट सम्मान गर्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्