झापा, भदौ १ । झापाको ९ ठाउँमा आज श्रीकृष्ण रथयात्रा निकालिने भएको छ ।


दमक , भद्रपुर , बिर्तामोड, गौरीगञ्ज , शिवगञ्ज , मेचीनगर , गौरादह , तोपगाछी , शिवसताक्षीको ढुंगेल चोकलगायतका स्थानमा रथयात्रा निकालिने भएको हो । रथयात्राकाका लागि सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बूले बताए । रथयात्राका क्रममा कुनै पनि आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्