झापा, भदौ १ । धार्मिक एवं सामाजिक व्यक्तित्व बिर्तामोड १० बिराटपोखरका ध्रुवप्रसाद शिवाकोटीको निधन भएको छ ।

आज बिहान करिव ६५ वर्षको उमेरमा उनको ह्रदयाघातबाट निधन भएको हो । बिहान ७.३० बजे घरमा ह्रदयाघात भएपछि उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश सचिव कुमार भट्टराईले बताए । शिवाकोटी राष्ट्रिय प्रजातन्त्र पार्टीको धार्मिक बिभागको कोशी प्रदेश प्रमुख रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्